घरबाट भान्जीको घर जान्छु भनेकी कसेरा भेरी किनारमा मृत भेटिइन्

बुधबार, ३ असार, २०८३
डिजिटल संस्करण

सुर्खेत लेकबेँसी नगरपालिका– १, टोन्पेकी ५५ वर्षीया चन्द्रकला कसेरा भेरी नदीको किनारमा मृत अवस्थामा भेटिएकी छिन् । मंगलबार बिहान ७ बजे घरबाट भान्जीको जान्छु भनेर हिँडेकी कसेरा भेरी किनारमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । 

घरबाट भान्जीको घरमा जान्छु भनी घरबाट निस्किएकी कसेरा भान्जीको घरमा नपुगेर आफन्तले खोजतलास गर्दै जाने क्रममा लेकबेँसी नगरपालिका– १, चिप्लेस्थित भेरी नदी किनारमा मृत अवस्थामा फेला परेको भने उनका आफन्तले प्रहरीलाई खबर गरेको प्रहरीले जनाएको छ ।  

घटनाको जानकारी हुनासाथ अस्थायी प्रहरी पोस्ट लेकफर्साबाट प्रहरी सहायक निरीक्षक विवेक खनालको कमान्डमा तीनजना, इलाका प्रहरी कार्यालय छिन्चु, सुर्खेतबाट प्रहरी निरीक्षक प्रकाश केसीको कमान्डमा सातजनाको प्रहरी टोली खटिएको र घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
 

See More On

सुझावित समाचार