१५ जेठमै बजेट भाषणका लागि तयार हुने प्रचार गरिएको संघीय संसद् भवनको निर्माणाधीन प्रतिनिधिसभा हल असार लाग्दा पनि तयार नभएपछि सभामुख डोलप्रसाद अर्यालले सोमबार निरीक्षण गरेका छन् । सभामुख अर्यालले अन्तिम समय तोक्न र नसकिए दैनिक करोड जरिवाना लगाउनुपर्ने चेतावनी दिएका छन् ।
‘तपाईंहरूले कुन दिन दिने हो, त्यो फिक्स गरौँ । नदिने हो भने हरेक दिन एक करोड जरिवाना गराउने भनेर निर्णय गरौँ । यस्तो पनि हुन्छ ?’ सभामुखले भने, ‘एकपटक सहरी विकासमन्त्री र सचिवलाई बोलाउँ अनि बसौँ । यो मजाक गरेजस्तो भयो नि,’ अर्यालले भने ।