बर्दियाको गुलरियामा रहेको कृष्णसार संरक्षण क्षेत्रमा चितुवा खोरमा परेको छ। बर्दियाको गुलरिया– २ मा रहेको कृष्णसार संरक्षण क्षेत्रनजिक रहेको गौशालामा चितुवा खोरमा परेको छ।
कृष्णसार संरक्षण क्षेत्र र त्यसको आसपास चितुवा आएर दु:ख दिएकाे कृष्णसार संरक्षण क्षेत्रका रेन्जर एवं सूचना अधिकारी रामु केसीले बताए ।
उनले भने, ‘चितुवा आएर दुःख थालेपछि जेठ २५ गते क्रेज राखिएको थियो । क्रेज राखेको चौथो दिनमा गत राति क्रेजमा चितुवा परेको छ ।’ क्रेजमा परेको चितुवालाई अहिले कृष्णसार संरक्षण क्षेत्रको कार्यालयमा राखिएको छ ।