पर्सामा कार्यरत आधा दर्जन प्रहरी निरीक्षकहरूको सरुवा

बिहिबार, २८ जेठ, २०८३
डिजिटल संस्करण

जिल्ला प्रहरी कार्यालय पर्साको मातहतमा कार्यरत रहेका आधा दर्जन प्रहरी निरीक्षकहरूको सरुवा भएको छ। प्रहरी प्रधान कार्यालय नक्सालको सरुवा सूचीअनुसार यहाँका जिल्ला, इलाका र ट्राफिक प्रहरीमा कार्यरत रहेका ६ जना प्रहरी निरीक्षकको सरुवा भएको हो । 

असारदेखिको तलब सुबिधा पाउने गरी जेठ २७ गतेमा भएको ५०९ जना प्रहरी निरीक्षकको सरुवा सूचीअनुसार पर्सामा लामो समयदेखि कार्यरतदेखि यसअघिको सरुवामा यहाँ आएकाहरूको सरुवा भएको उल्लेख छ। जिल्ला प्रहरी कार्यालय पर्साको मानव स्रोत व्यस्थापन शाखामा कार्यरत प्रहरी निरीक्षक अमृतबहादुर बस्नेतको सरुवा भएको छ। 

प्रहरी निरीक्षक बस्नेतको नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो बैंकिङ कसुर अनुसन्धान शाखा लाजिम्पाटमा सरुवा भएको छ। 

लामो समयदेखि जिल्ला प्रहरी कार्यालय पर्साको अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा कार्यरत शैलेन्द्रकुमार खड्काको पनि सरुवा भएको छ। प्रहरी निरीक्षक खड्काको इलाका प्रहरी कार्यालय धनौरा ढोडरी, बर्दिया सरुवा भएको सरुवा सूचीमा उल्लेख छ। जिल्ला प्रहरी कार्यालय पर्साको शान्ति सुरक्षा तथा प्रहरी कार्यशाखामा कार्यरत प्रहरी निरीक्षक रवीन्द्र अधिकारीको सरुवा भएको छ। उनको जिल्ला प्रहरी परिसर ललितपुर अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा सरुवा भएको हो ।

इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक अविनाश अधिकारी सरुवा भएको छ। प्रहरी निरीक्षक अधिकारीको बागमती प्रदेश प्रहरी गण हेटौँडा मकवानपुरमा सरुवा भएको छ । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक युवराज कटुवालको सरुवा भएको छ। प्रहरी निरीक्षक कटुवालको अपराध अनुसन्धान विद्यालय प्रशासन शाखा महाराजगन्ज काठमाडौं सरुवा भएको छ।
 

सुझावित समाचार