परराष्ट्रमन्त्री शिशिर खनाल भोलि भारत जाँदै

बिहिबार, २१ जेठ, २०८३
डिजिटल संस्करण

परराष्ट्रमन्त्री शिशिर खनाल भोलि शुक्रबार तीन दिनका लागि भारतको औपचारिक भ्रमणमा जाने भएका छन्।

परराष्ट्र मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार भारतीय विदेशमन्त्री डा. एस जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा मन्त्री खनाल भारत भ्रमणमा जान लागेका हुन्।

भ्रमणका क्रममा मन्त्री खनालले नयाँदिल्लीमा भारतीय समकक्षी जयशंकरसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। भेटमा व्यापार, लगानी, पूर्वाधार तथा कनेक्टिभिटी, ऊर्जा र जनस्तरका सम्बन्धलगायत आपसी हितका विषयमा छलफल हुने परराष्ट्रले जनाएको छ।

दुवै देशबिच भइरहने उच्चस्तरीय भ्रमण आदान–प्रदानकै निरन्तरताका रूपमा यो भ्रमणलाई हेरिएको मन्त्रालयले जनाएको छ। यसबाट नेपाल–भारतबिचको दीर्घकालीन र बहुआयामिक सम्बन्ध अझ सुदृढ हुने अपेक्षा गरिएको छ।

परराष्ट्रमन्त्री खनाल आइतबार स्वदेश फर्कने कार्यक्रम रहेको परराष्ट्रले जनाएको छ।

सुझावित समाचार