सुकुमवासी बस्ती व्यवस्थापनबारे प्रधानमन्त्री भन्छन्- ३५ वर्षमा नभएको समाधान ३५ मिनेटमा हुँदैन

आइतबार, १७ जेठ, २०८३
डिजिटल संस्करण

प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौंका सुकुमवासी बस्तीमा बसोबास गरिरहेका नागरिकहरूको सुरक्षा र व्यवस्थापनलाई ध्यानमा राखेर सरकारले आवश्यक प्रक्रिया अघि बढाएको बताएका छन्। उनले दशकौँदेखि समाधान हुन नसकेको समस्याको तत्काल समाधान अपेक्षा गर्नु उचित नहुने बताएका हुन्।

सुकुमवासी बस्ती व्यवस्थापनबारे धारणा राख्दै प्रधानमन्त्री शाहले स्थानीय तहमा रहँदा नै संघीय सरकारलाई प्रभावित नागरिकलाई सुरक्षित स्थानमा सारेर होल्डिङ सेन्टरमा राख्न तथा वास्तविक सुकुमवासीको पहिचान गर्न सुझाव दिएको स्मरण गरे। उनका अनुसार अहिले सरकार सोही अवधारणाअनुसार काम गरिरहेको छ।

‘उहाँहरू अत्यन्तै संवेदनशील र जोखिमपूर्ण अवस्थामा बसिरहनुभएको थियो। त्यसैले सुरक्षित व्यवस्थापन आवश्यक थियो। ३५ वर्षदेखि समाधान हुन नसकेको विषय ३५ मिनेटमै समाधान हुन्छ भन्ने अपेक्षा गर्नु यथार्थपरक हुँदैन,’ प्रधानमन्त्री शाहले भने।

यसैबिच, प्रधानमन्त्री शाहले नेपालले कहाँ-कहाँ सीमा अतिक्रमण गरेको छ भन्नेबारे स्पष्ट विवरण भने सार्वजनिक गरेनन्। नेपालका कुनै पनि प्रधानमन्त्रीले आफ्नो देशले छिमेकी राष्ट्रको सीमा मिचेको संकेत गर्ने अभिव्यक्ति दिएको सम्भवतः यो पहिलो घटना भएको टिप्पणी पनि गरिएको छ।

सुझावित समाचार