इतिहासमा आज

शुक्रबार, १५ जेठ, २०८३
डिजिटल संस्करण

सन् १९५३ : न्युजिल्यान्डका नागरिक एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले एक ब्रिटिस आरोहण दलको हिस्सा भएर पहिलोपटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरे ।

सन् १४५३ : पूर्वी रोमन साम्राज्यको राजधानी कन्स्टिनटिनोपल (हालको इस्तानबुल) मुस्लिम टर्क सम्राट मेहमेद द्वितीयको कब्जामा गरेसँगै ११ सय वर्ष लामो सो इसाई साम्राज्यको अन्त्य भयो ।

सन् १६५८ : शाहजहाँको उत्तराधिकारीका विषयमा उनका जेठा छोरा दारा सिकोह र अर्का छोरा औरंगजेबबिच समुगढ युद्धमा भएको युद्धमा औरंगजेब विजयी । युद्धपछि पिता शाहजहाँलाई पक्राउ गरेर औरंगजेबले सत्ता हत्याए ।

सन् १८७४ : स्विट्जरल्यान्डको दोस्रो संविधान लागू भयो । यसलाई सन् १९९९–२००० मा आएर तेस्रो(हाल लागू) संविधानले विस्थापित गर्यो ।

सन् १९१६ : अमेरिकी सेनाले डोमिनिकन गणतन्त्रलाई कब्जा गर्यो । अमेरिकी सेनाले आठ वर्षसम्म आफूअनुकूलको सरकारमार्फत शासन गरे ।

सन् १९९० : गैरकम्युनिस्ट उम्मेदवारका रूपमा चुनाव उठेका बोरिस यल्तसिन सोभियत संघअन्तर्गतको रुसी गणतन्त्रको राष्ट्रपति चुनिए ।

सन् २०१९ : विश्व स्वास्थ्य संगठनले ट्रान्सजेन्डरलाई मानसिक रोगको वर्गीकरणबाट हटायो । 

सुझावित समाचार