नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला दुई हजार आठ सय रुपैयाँले घटेर दुई लाख ९० हजार नाै सय रुपैयाँ कायम भएको छ। शुक्रबार सुन प्रतितोला दुई लाख ९३ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आइतबार चाँदी प्रतितोला १०५ रुपैयाँले घटेर पाँच हजार १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। शुक्रबार चाँदीको मूल्य प्रतितोला पाँच हजार ११५ रुपैयाँ रहेको थियो।