मेलम्ची खानेपानीका दुईवटा गाडी स्थानीयको नियन्त्रणमा

शुक्रबार, ८ जेठ, २०८३
डिजिटल संस्करण

मेलम्ची खानेपानी आयोजनाको दुईवटा गाडीलाई पीडित स्थानीयले नियन्त्रणमा लिएका छन्। बा.१ झ ६६०६ र बा.१ झ ८८१३ नम्बरका गाडी नियन्त्रणमा लिएका हुन्। मेलम्ची खानेपानी आयोजनाबाट भुक्तानी नपाएर पीडित भएका बाहुनेपाटीका स्थानीयले आक्रोशस्वरूप गाडी नियन्त्रणमा लिएको पीडित उत्तर श्रेष्ठले बताए।

लामो समयदेखि आयोजनाले कब्जा गरेर राखेको स्थानीयको जग्गाको भाडा र सामान सप्लाई गर्ने भेन्डर्सको करोडौँ रुपैयाँ भुक्तानी भएको छैन ।

विभिन्न समयमा बैठक गरेर पीडितलाई रकम भुक्तानी गर्ने सरकारको वाचा लामो समयदेखि पूरा भएको छैन। स्थानीयले भुक्तानी नपाउँदा वेलाबखत आयोजनाको मुहान क्षेत्रमा तनाव सिर्जना हुने गरेको छ।

सुझावित समाचार