मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ केही बढेको छ। अघिल्लो कारोबार दिनको तुलनामा आज सुन प्रतितोला पाँच सय रुपैयाँ र चाँदी ४५ रुपैयाँले वृद्धि भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९५ हजार तीन सय रुपैयाँ कायम गरिएको छ।
यस्तै, गत मंगलबार सुनको मूल्य प्रतितोला तीन लाख दुई हजार नाै सय रुपैयाँ पुगेको थियो। त्यसको तुलनामा हाल सुनको मूल्य केही घटेको देखिएको छ।
त्यसैगरी, आज चाँदीको मूल्य प्रतितोला पाँच हजार ८५ रुपैयाँ निर्धारण गरिएको छ।
अघिल्लो दिन चाँदी प्रतितोला पाँच हजार ४० रुपैयाँमा कारोबार भएको थियो। गत मंगलबार भने चाँदीको मूल्य प्रतितोला पाँच हजार ६९५ रुपैयाँ कायम भएको थियो।