बर्दियामा रुखले च्यापिएर एकजनाको मृत्यु भएको छ। रुखले च्यापिएर राजापुर नगरपालिका- २ का ४५ वर्षीय जगवीर थारूको मृत्यु भएको हो।
शुक्रबार बदालपुरको नर्सरीमा रहेको सिमलको रुख काट्ने क्रममा सोही रुखले च्यापिएर थारूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दिया प्रमुख प्रहरी उपरीक्षक सरोज पौडेलले बताए। मृतकको शवको पोस्टमार्टम राजापुर प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ।