प्रधानमन्त्री संसदमा नआए श्रम संस्कृति पार्टीले बैठक बहिष्कार गर्ने

बिहिबार, ३१ बैशाख, २०८३
डिजिटल संस्करण
प्रधानमन्त्री संसदमा नआए श्रम संस्कृति पार्टीले बैठक बहिष्कार गर्ने

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

श्रम संस्कृति पार्टीले सरकारको नीति तथा कार्यक्रममा सरकार प्रमुख नै अनुपस्थित भएकोमा आपत्ति जनाएको छ।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सो पार्टीका अध्यक्ष हर्क साम्पाङले नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले नै दिनुपर्ने प्रस्ट पारे।

‘छलफलमा उहाँले सुन्नुभएन, तर उत्तर दिने क्रममा आउनुहुन्छ भन्ने मैले विश्वास लिएको छु। यदि उहाँ आउनुहुन्न भने श्रम संस्कृति पार्टी बाहिरिनेछौँ। हामीले अरूबाट सुन्नुपर्ने स्थिति होइन।’

प्रधानमन्त्रीले प्रतिनिधि पठाएर नहुने प्रस्ट पार्दै उनले थपे, ‘आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर हुँदैन। त्यसो भएको कारणले उहँँले नै उत्तर दिनुपर्ने हुन्छ।’

संसदमा सरकारको नीति तथा कार्यक्रमजस्तो महत्त्वपूर्ण विषयमा छलफल भइरहँदा सरकार प्रमुखले नसुनेकामा उनले कटाक्ष गर्दै भने, ‘उहाँले लाइभमा वा भरे, भोलि सुन्नुहोला।’

सुझावित समाचार