नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्री र मन्त्रीहरू संसद्प्रति जवाफदेही हुनैपर्ने बताएका छन्। सरकारको नीति तथा कार्यक्रममा प्रधानमन्त्री नै उपस्थित नभएपछि केसीले असल संसदीय परम्परा कायम राख्न आग्रह गरे।
केसीले भने, ‘संविधानको धारा ७६ को १० मा प्रधानमन्त्री र मन्त्रीहरू सामूहिक र व्यक्तिगत रूपले संसद्प्रति जवाफदेही हुने भनेको छ। अनि प्रधानमन्त्री व्यक्तिगत रूपले पनि जवाफदेही हुनुनपर्ने? यही हो हाम्रो संसदीय परम्परा?’
रास्वपा सरकारले राम्रा कामको सुरुवात गरेको र त्यसमा आफ्नो सहयोग रहने उल्लेख गर्दै उनले थपे, ‘अहंकारको युद्धबाट होइन, उत्तेजनाबाट होइन चेतनाबाट, आवेगबाट होइन विवेकबाट निर्णय गरेर तपाईंहरूको यो अत्यधिक बहुमतले देशको निम्ति केही काम गरोस् भन्ने मेरो इच्छा छ। तर, संसद्लाई अवहेलना गरेर चल्दैन।’