स्वास्थ्य बिमा कार्यक्रमलाई पुनर्संरचना गरिने

सोमबार, २८ बैशाख, २०८३
डिजिटल संस्करण

सरकारले स्वास्थ्य बिमा कार्यक्रमलाई पुनर्संरचना गर्ने भएको छ। आगामी आर्थिक वर्ष ०८३-८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य बिमालाई पारदर्शी, व्यवस्थित र बिरामीमैत्री बनाउन पुनर्संरचना गरिने बताए।

स्वास्थ्य बिमाको सेवा र उपचार सहज बनाउन पुनर्संरचनाको खाँचो रहेको भन्दै सरकारले व्यवस्थित बनाउने योजना अघि सारेको हो। हाल स्वास्थ्य बिमा कार्यक्रम अस्तव्यस्त छ। कतिपय अस्पतालले स्वास्थ्य बिमाको भुक्तानी नपाएको भन्दै सेवासमेत बन्द गरिरहेका छन्।

बिमामा समावेश भएका औषधि नपाइने, लामो लाइन बस्नुपर्ने, कर्मचारीबाट फरक किसिमको व्यवहार हुनेजस्ता कारणले स्वास्थ्य बिमा कार्यक्रमप्रति आमसर्वसाधारण असन्तुष्ट छन्। सरकारले स्वास्थ्य बिमाका सेवा प्रदायक अस्पताललाई करिब १० अर्ब भुक्तानी दिन बाँकी छ।

सुझावित समाचार