राष्ट्रिय सभाको आजको बैठकमा दलका नेताहरूले सम्बोधन गर्ने

सोमबार, २८ बैशाख, २०८३
डिजिटल संस्करण

राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालको अध्यक्षतामा राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न भएको छ।

सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमा सम्पन्न बैठकले आजदेखि सुरु हुने संघीय संसद् राष्ट्रिय सभाको २१औँ अधिवेशनका सन्दर्भमा कार्यसूची तयार गरेको हो।

कार्यसूचीबारे छलफल गर्न बसेको कार्यव्यवस्था परामर्श समिति बैठकले आज दिउँसो २ बजे बस्ने राष्ट्रिय सभा बैठकमा दलीय आधारमा दलका नेताहरूले शुभकामना दिने, सरकारले ल्याएका अध्यादेशहरू पेस गर्नेलगायतका विषयमा टुंगाे लगाएको अध्यक्षको सचिवालयले जनाएको छ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, राष्ट्रिय सभा उपाध्यक्ष लीला भण्डारी, राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक, सचेतकलगायतको सहभागिता रहेको थियो। आजै दिउँसो ४ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकलाई सम्माननीय राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

सुझावित समाचार