सर्लाहीमा बसको ठक्करबाट मोटरसाइकलचालकको मृत्यु

बिहिबार, २४ बैशाख, २०८३
डिजिटल संस्करण

सर्लाहीमा बसको ठक्करबाट मोटरसाइकलचालकको मृत्यु भएको छ। जिल्लाको हरिपूर्वा नगरपालिका– ९, खिलास्थित सडकखण्डमा ग.१ख ९४६७ नम्बरको यात्रुवाहक बसले ना.४८प ४७० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

मोटरसाइकलमा सवार महोत्तरीको गौशाला नगरपालिका– १२, कान्तिबजार बस्ने ३६ वर्षीय पप्पु भनिने श्याम ठाकुरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिने बसको चालक फरार रहेकाले खोजीकार्य भइरहेको प्रहरीको भनाइ छ । 

See More On

सुझावित समाचार