संखुवासभामा कांग्रेसको ‘जरा अभियान’

मंगलबार, १५ बैशाख, २०८३
डिजिटल संस्करण

प्रतिनिधिसभा निर्वाचनमा अपेक्षित सफलता हासिल गर्न नसकेपछि संगठन सुदृढीकरणका लागि कांग्रेसले थालेको एकमहिने जरा अभियान संखुवासभामा सोमबारबाट सुरु भएको छ ।

कांग्रेस केन्द्रीय प्रतिनिधि आनन्दसन्तोषी राईले सोमबार सदरमुकाम खाँदबारीमा आयोजित पत्रकार सम्मेलनमा जरा अभियानले पार्टीलाई रुपान्तरण गर्दै तल्लो तहसम्म जागरण फैलाउने र क्रियाशील सदस्यलाई सक्रिय बनाउने उद्देश्य राखिएको बताए ।

उनका अनुसार पार्टी बलियो बनाउन रुखको जरा सिञ्चित गर्ने, गोडमेल गर्ने र संगठनमा ताजगी अभिवृद्धि गर्ने लक्ष्यका साथ अभियान अघि बढाइएको हो । केन्द्रीय सदस्य दीपनकुमार श्रेष्ठले राष्ट्रियता, लोकतन्त्र र संघीयताका विषयमा जनस्तरसम्म पार्टीको धारणा पुर्याउन अभियान सञ्चालन गरिएको बताए । 

सुझावित समाचार