पुनर्स्थापनाको माग अघि सारेर गत सातादेखि निरन्तर आन्दोलनमा रहेका कञ्चनपुरका आरक्षपीडितले अर्धनग्न आन्दोलन गरेका छन् । बुधबार कञ्चनपुरको जिल्ला सदरमुकाम महेन्द्रनगरमा प्रदर्शनसहित प्रशासन कार्यालय अगाडि अर्धनग्न आन्दोलन गरेका हुन ।
विस्थापित भएको २५ वर्षसम्म पनि पुनर्स्थापना नभएको भन्दै पीडितले जिल्ला प्रशासन कार्यालयअगाडि अर्धनग्न भएर विरोध जनाएका छन् । पीडितहरूले हरेक निर्वाचनमा आफूहरूलाई आश्वासन दिने अनि पूरा नगर्ने प्रवृत्ति अहिले पनि दोहोरिएको भन्दै फरक शैलीमा विरोध गरेका हुन् ।
आसैआसमा रहेका आरक्षपीडितले नयाँ सरकार बनेको तीन साता बितिसक्दा पनि आफूहरूको समस्या समाधानमा सरकारले चासो नदिएको भन्दै आन्दोलन गरिरहेको जनाएका छन् । आरक्षपीडित संघर्ष समितिका सहसचिव कृष्णदत्त भट्टले पीडितको आवाज सरकारले नसुनेपछि अहिले आधा नांगिएरै आन्दोलन गर्न लागेको बताए ।
उनले नयाँ सरकारले समेत आफूहरूको समस्या समाधान गर्न ढिलाइ गरेको भन्दै सरकारलाई घचघच्याउनका लागि जिल्ला सदरमुकाम महेन्द्रनगरमा प्रदर्शन, धर्नादेखि ज्ञापनपत्र बुझाएको, तर सरकारले आफूहरूको मागप्रति बेपत्ता गरेकाे बताए । ‘हामी विस्थापित भएको ०५८ देखि ०८२ सम्म भएका सबै निर्वाचनमा आश्वासन मात्रै दिइयो, पूरा भएनन्, उनले भने, ‘अहिलेको सरकार र जनप्रतिनिधिसँग हामी आशावादी छौँ, यसपटक सरकारको ध्यानाकर्षण मात्रै गराएका छौँ ।’
आरक्षपीडितका युवा अभियन्ता सुजित श्रेष्ठले अहिलेको सरकारको ध्यानाकर्षण गराउने उद्देश्यका साथ बजारमा र्यालीदेखि प्रशासनमार्फत ज्ञापनपत्र धर्ना दिइएको बताए । उनले आरक्षपीडितसहितका उनका सन्तानले ०५८ सालदेखि आधारभूत मौलिक हकबाट समेत वञ्चित भएको बताए ।
आरक्षपीडित सघर्ष समितिका अध्यक्ष जय बहादुर रोकायाले पीडितलाई बर्षनी दिने आश्वासन मात्रै भएकाले अब न्याय नपाउँदासम्म निरन्तर आन्दोलन जारी राख्ने चेतावनी दिए । अध्यक्ष रोकायाले यस अघि अन्य दलहरुले पनि आफुहरुको मागमा कुनै सुनुवाई नगरेको र अहिलेका दल, सरकारले समेत आफुहरुप्रति उस्तै प्रवृति दोहो¥याईरहेको दुखेसो पोेखेका छन ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोईरालाले आरक्षपीडितको माग सहितका विषयमा केन्द्रीय सरकार समक्ष राख्ने आश्वासन दिर्दै आन्दोलनका कार्यक्तम स्थगित गरेर वार्ता, सम्वाददेखि छलफलका माध्यमबाट समस्याको निकासका लागि पहल आवश्यक रहेको औल्याएका थिए ।
जिल्लाबाट प्रतिनिधित्वत्व गर्ने सासदत्रय जनक सिह धामी, दिपकराज बोहरा र ज्ञानेन्द्र सिह महताले पीडितको बस्तीमै जानुका साथै ससदमा समेत आरक्षपीडितको मुद्दा उठान गर्दै धर्यता गरिदिन आग्रह गर्दै आएका छन । पुर्नस्थाना नहुँदा आरक्षपीडित अढाई दशकदेखि झुपडीमा नारकीय जिवन विताउन बाध्य भएका छन ।