नेपाली बजारमा आज सुनचाँदीको भाउ घटेको छ। मंगलबार तोलामा एक हजार ६ सय रुपैयाँ बढेको सुनको भाउ बुधबार तोलामा आठ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख पाँच सय रुपैयाँमा किनबेच भइरहेको छ।
हिजो तीन लाख एक हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको छ। मंगलबार प्रतितोला पाँच हजार एक सय ६० रुपैयाँमा कारोबार भएको चाँदी यस दिन तोलामा पाँच हजार एक सय ३० रुपैयाँमा किनबेच भइरहेको छ।