प्रभु महालक्ष्मी लाइफका अभिकर्ता लिडरलाई क्षमता वृद्धि तालिम

बुधबार, ९ बैशाख, २०८३
डिजिटल संस्करण

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले अभिकर्ता लिडरका लागि क्षमतावृद्धिसम्बन्धी तालिमसहित मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न भएको छ ।

चितवनको नारायणगढमा ६ देखि ८ वैशाखसम्म विभिन्न मनोरञ्जनात्मक एवं क्षमता अभिवृद्धि तालिम कार्यक्रम सम्पन्न गरिएको कम्पनीले जनाएको छ । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए । 

सिइओ प्रसाईंले व्यावसायिक जीवनमा सफल अभिकर्तालाई अझ प्रखर बनाउन यस किसिमका क्षमता अभिवृद्धि कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरे । कार्यक्रममा डेढ सयजनाभन्दा बढी अभिकर्ता लिडरको उपस्थिति थियो । सहभागीलाई अन्तर्राष्ट्रियस्तरका लाइफ इन्स्योरेन्स कोच काजिम रजाले बिमा बिक्री कला र व्यावसायिक क्षमता अभिवृद्धिबारे तालिम प्रशिक्षण दिएका थिए । 

कम्पनीले अभिकर्ताका लागि निरन्तर मोटिभेसनल, रिफ्रेसमेन्ट, सम्मान तथा मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ । 

सुझावित समाचार