इतिहासमा आज

बुधबार, ९ बैशाख, २०८३
डिजिटल संस्करण

सन् २०१६: जलवायु परिवर्तनलाई रोक्नेसम्बन्धी पेरिस सम्झौतालाई हस्ताक्षरका लागि खुला गरियो । यस ऐतिहासिक सन्धिले वायुमण्डलमा हरितगृह ग्यास उत्सर्जन नियन्त्रण कम गर्न खोजेको थियो । यो सन्धि सन् २०१६ को नोभेम्बरमा लागू भयो ।

सन् १५००: पोर्चुगलका नाभिक पेड्रो अल्भारेज क्याब्रल ब्राजिलको तटमा ओर्लिने पहिलो युरोपेली बने ।

सन् १५२९: ‘सारागोसा सन्धि’ गरेर पोर्चुगल र स्पेनले पूर्वी गोलार्द्धलाई आफूबिच बाँडे ।

सन् १७९३: अमेरिकी राष्ट्रपति जर्ज वासिङटनले युरोपमा हुने युद्धमा अमेरिका तटस्थ बस्ने आदेश जारी गरे । 

सन् १८७०: सोभियत संघका सस्थापक नेता भ्लादिमिर इलिच लेनिन यही दिन जन्मिएका थिए ।

सन् १९१५: पहिलो विश्वयुद्धको एउटा संघर्ष ‘दोस्रो एप्रस युद्ध’मा जर्मनीले पहिलोपटक ठुलो स्तरमा विषालु ग्यास प्रयोग गर्यो ।

सन् १९४५: बर्लिनतर्फ अघि बढेको सोभियत फौजलाई रोक्न जर्मन असफल भएको खबर सुनेपछि एडोल्फ हिटलरले सबै अन्त्य भएको भन्दै अब हार निश्चित भएको स्विकारे ।

सन् १९९५: अफ्रिकामा चलिरहेको हुतु नरसंहारका क्रममा रुवान्डाली सेनाले गतवारा रंगशालामा लुकिरहेका झन्डै दश हजार हुतुहरूलाई एउटै ठाउँमा मार्यो ।

सन् २०२५: भारतको कस्मिरको पहलगाम क्षेत्रमा मुस्लिम अतिवादी समूहले २६ जना हिन्दु तीर्थालुको हत्या गरे । 

सुझावित समाचार