सन् २०११ : क्युबाली नेता फिडेल क्यास्ट्रोले ४५ वर्षदेखि सम्हालिरहेको सत्तारुढ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको प्रथम सचिवबाट राजीनामा दिए ।
सन् १७७० : ब्रिटिस समुद्री अन्वेषक क्याप्टेन जेम्स कुक पहिलोपटक अस्ट्रेलिया महादेश पुग्ने युरोपेली बने ।
सन् १७७५ : बेलायती सेना र अमेरिकी क्रान्तिकारीबिच म्यासाचुसेट राज्यको कोनकोर्ड र लेक्जिङटनमा झडप भएसँगै अमेरिकी स्वतन्त्रता संग्राम सुरु भयो । यो युद्ध आठ वर्षपछि सन् १९८३ सेप्टेम्बर ३ मा पेरिसमा सम्झौतापछि टुंगिएको थियो ।
सन् १९२७ : अभिनेत्री माई वेस्ट न्युयोर्कको एक नाटक अभिनयका क्रममा ‘अश्लीलता फैलाएको र युवाहरूको नैतिकता भ्रष्ट बनाएको’ आरोपमा दोषी ठहर । उनलाई १० दिनको जेलसजाय तथा पाँच सय डलर जरिवाना तिराइएको थियो ।
सन् १९३२ : अमेरिकी राष्ट्रपति हर्बट हुबरले कामदारलाई सातामा पाँच दिन काम, दुई दिन बिदाको प्रस्ताव गरे ।
सन् १९३३ : अमेरिकी राष्ट्रपति फ्य्रांकलिन डी रुजबेल्टले देशले सुन र मुद्राबिचको विनिमय परित्याग गर्ने घोषणा गरे ।
सन् २०१८ : स्वाजिल्यान्डका राजा मस्वाती तृतीयले देशको नाम बदलेर इस्वातिनी राखे । इस्वातिनीको अर्थ ‘स्वाती जातिको धर्ती’ भन्ने हुन्छ ।
सन् २०२१ : क्युबाको सत्तारुढ कम्युनिस्ट पार्टीले देशको सबैभन्दा शक्तिशाली पद पार्टीका प्रथम सचिव राहुल क्यास्ट्रोको स्थानमा मिगेल डियाज क्यानेललाई चयन गर्यो ।