ब्रोइलर कुखुराको मासु खाएका दुई बालकको मृत्यु

शनिबार, ५ बैशाख, २०८३
डिजिटल संस्करण

कैलालीको चुरे गाउँपालिकामा ब्रोइलर कुखुराको मासु खाएका दुई सहोदर दाजुभाइको मृत्यु भएको छ। दुईजना बिरामी भएका छन्। चुरे–३ को भक्तपुर बस्ने पाँचवर्षीय दीपक ताम्राकार र ८ वर्षीय भीम ताम्राकारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृतककी आमा २८ वर्षीया राधिका ताम्राकार र उनका कान्छा छोरा तीनवर्षीय दिपेश ताम्राकार बिरामी परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश बिष्टले जानकारी दिए। दुवैजनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

उनीहरुले बिहीबार मरेको ब्रोइलर कुखुरा खाएको बुझिएको प्रहरी निरीक्षक बिस्टले बताए। प्रहरीका अनुसार मासु खाएपछि चारै जना बिरामी भएका थिए।उनीहरुलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइएकोमा दुई दाजुभाइको उपचारका क्रममा शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

कुखुराको मासु खाएर बिरामी भए पनि मृत्युको कारण पोष्टमार्टम रिपोर्ट आएपछि थाहा हुने प्रहरी निरीक्षक बिस्टले बताए।
 

सुझावित समाचार