शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला तीन हजार रुपैयाँले घटेर दुई लाख ९९ हजार आठ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुन प्रतितोला तीन लाख दुई हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो भने गत शुक्रबार यसको मूल्य दुई लाख ९६ हजार नाै सय रुपैयाँ थियो।
त्यस्तै, चाँदीको भाउ पनि घटेको छ। आज चाँदी प्रतितोला १२० रुपैयाँले घटेर पाँच हजार १३० रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी पाँच हजार २५० रुपैयाँमा कारोबार भएको थियो भने गत शुक्रबार यसको मूल्य चार हजार ९६० रुपैयाँ थियो।