परराष्ट्रमन्त्री खनाल आज मौरिसस जाँदै

बिहिबार, २६ चैत, २०८२
डिजिटल संस्करण

परराष्ट्रमन्त्री शिशिर खनाल आज मौरिसस भ्रमणमा जाने भएका छन् । उनी इन्डियन ओसन सम्मेलन २०२६ मा सहभागी हुन मौरिससको राजधानी पोर्ट लुइस प्रस्थान गर्न लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री खनाल भारतीय विदेशमन्त्री डा. जयशंकरको निमन्त्रणामा जान लागेका हुन् । 

यो सम्मेलन शुक्रबारदेखि आइतबारसम्म सञ्चालन हुनेछ । इन्डिया फाउन्डेसनले मौरिसस सरकारसँगको सहकार्यमा यो कार्यक्रम आयोजना गर्न लागेको हो । सम्मेलनमा परराष्ट्रमन्त्री खनालले सम्बोधन गर्ने कार्यक्रम छ ।  

परराष्ट्र मन्त्रालयका अनुसार खनालले हिमाल–समुद्र पारिस्थितिक सम्बन्ध, आर्थिक विकासका लागि समुद्री सम्पर्क सञ्जालको महत्त्वलगायतबारे सम्बोधन गर्ने कार्यक्रम छ । उनले त्यहाँ सहभागी हुने भारत, बंगलादेश र भुटानका  विदशेमन्त्रीहरूसँग भेटवार्ता गर्नेछन् । उनी सोमबार स्वदेश फर्किनेछन् । 

सुझावित समाचार