सुनचाँदीको मूल्य बढ्यो

मंगलबार, २४ चैत, २०८२
डिजिटल संस्करण

नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा चार सय रुपैयाँले बढेर दुई लाख ९१ हजार आठ सय रुपैयाँ पुगेको छ। यसअघि आइतबार सुन दुई लाख ९१ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, चाँदीको मूल्य पनि उकालो लागेको छ। आज चाँदी तोलामा ४० रुपैयाँले बढेर चार हजार ८२० रुपैयाँ पुगेको महासंघले जनाएको छ। आइतबार चाँदी चार हजार ७८० रुपैयाँमा कारोबार भएको थियो।

सुझावित समाचार