नयाँ शैक्षिक सत्र वैशाख १५ देखि सुरु गर्ने सरकारको निर्णय

आइतबार, २२ चैत, २०८२
डिजिटल संस्करण

सरकारले नयाँ शैक्षिक सत्र वैशाख १५ देखि सुरु गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।

मन्त्रिपरिषद्का निर्णय सुनाउँदै पोखरेलले भने, ‘आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ गतेबाट सुरु गर्ने।’ यसअघि नयाँ शैक्षिक सत्र वैशाख पहिलो साताबाट सुरु हुने गरेको थियो।

बैठकले सरकारी कार्यालय र शैक्षिक संस्थामा हप्ताको दुई दिन (शनिबार र आइतबार) बिदा दिने तथा शैक्षिक संस्थाबाहेकका कार्यालयको समय ९ देखि ५ बजेसम्म तोक्ने निर्णय पनि भएको छ।

सुझावित समाचार