संसदीय दलको नेता चयन प्रक्रियाप्रति एमालेभित्र असन्तुष्टि

सांसदलाई दबाबमा राखेर नेता चयन गरियोः योगेश भट्टराई

बुधबार, १८ चैत, २०८२
डिजिटल संस्करण

संसदीय दलको नेता चयनको विषयले एमालेभित्र असन्तुष्टि देखिएको छ। सांसदहरूलाई दबाबमा राखेर नेता चयन गरिएको भन्दै नेताहरूले सार्वजनिक रूपमै असन्तुष्टि जनाएका छन्। 

बुधबार बसेको संसदीय दलको बैठकले रामबहादुर थापा बादललाई संसदीय दलको नेता चयन गरेको थियो। युवा सांसद सुवाङ नेम्वाङले समेत उम्मेदवारी दिने प्रयास गरेका थिए। तर, उनले समर्थक र प्रस्तावक नै पाएनन्। बादलको पक्षमा उभिन दबाब दिएर संसदीय दलको नेता चयन गरिएको भन्दै असन्तुष्टि देखिएको छ। 

पार्टीका उपमहासचिव योगेश भट्टराईले संसदीय दलको नेता छान्न अनपाइएको तरिका र शैलीले सिंगो पार्टीपंक्तिलाई थप चिन्तित बनाएको बताएका छन्। केही दिनको समय लिएर पार्टी नेतृत्व र सांसदहरूका बिचमा छलफलका माध्यमबाट उच्चस्तरको समझदारीमा पुग्नुको सट्टा सांसदहरूलाई दबाबमा राखेर छान्नु राम्रो नभएको उनको भनाइ छ। 

उनले सामाजिक सञ्जालमा लेखेका छन्– 
निर्वाचनबाट पार्टीलाई गम्भीर धक्का लागेको, पार्टी र नेतृत्वप्रति व्यापक जनगुनासो रहेको, पार्टी अध्यक्ष स्वयं गिरफ्तारीमा पर्नुभएको समग्रमा हाम्रो आन्दोलनले बहुआयामिक प्रतिकूलताको सामना गरिरहेको वर्तमान अवस्थामा नेकपा एमालेको व्यापक पुनर्गठन मार्फत बलियो एकता बनाउँदै जनविश्वास जागृत गर्नुपर्ने वेलामा आज नेकपा एमालेको संसदीय दलको नेता छान्न जुन तरिका र शैली अपनाइयो, यसबाट सिंगो पार्टीपंक्तिलाई थप चिन्तित बनाएको छ। केही दिनको समय लिएर पार्टी नेतृत्व र माननीय सांसदहरूका बिचमा छलफलका माध्यमबाट उच्चस्तरको समझदारीमा पुग्नुको सट्टा सांसदहरूलाई दबाबमा राखेर जे गरियो, यो राम्रो भएन।
 

सुझावित समाचार