इतिहासमा आज

बुधबार, १८ चैत, २०८२
डिजिटल संस्करण

सन् २००४ : गुगलले आफ्नो इमेल सेवा ‘जिमेल’को घोषणा गर्यो । सुरुमा कम्पनीबाट ‘अप्रिल फुल’ गरिएको ठानिएको यस उत्पादनले हाल इमेल क्षेत्रमा प्रभुत्व जमाएको छ ।

सन् १७४८ : प्राचीन पोम्पेय सहरको भग्नावशेष स्पेनिस सैन्य इन्जिनियर गोक जाओकिन डे अल्कुबिएरेले पत्ता लगाए । सो सहर सन् ७९ को विशाल ज्वालामुखीमा सग्लै पुरिएको थियो ।

सन् १७७८ : न्यु ओर्लियन्सका व्यवसायी ओलिभर पोलोकले अमेरिकी डलर जनाउन हाल व्यापक प्रचलनमा रहेको अंग्रेजी वर्णमालाको ‘एसलाई बिचबाट एक धर्कोले काटे’को चिह्न यसै दिन सार्वजनिक गरे ।

सन् १८६७ : दक्षिण–पूर्वी एसियामा रहेका ब्रिटिस उपनिवेशहरू सिंगापुर, पेनाङ र मलाका क्षेत्रलाई कोलकाताको ब्रिटिस इन्डियाको शासनबाट अलग गरेर प्रत्यक्ष ब्रिटिस शासनमा ल्याइयो ।

सन् १८९१ : लन्डन र पेरिसबिच पहिलो सिधा टेलिफोन सम्पर्क स्थापित भयो ।

सन् १९३६ : ब्रिटिस शासकहरूले बिहार, बेंगाल र मद्रास प्रेसिडेन्सीको ओडियाभाषीको बाहुल्यता रहेको क्षेत्रलाई जोडेर अलग ‘ओरिया प्रोभिन्स’ गठन गरे । यो ब्रिटिस भारतमा भाषाका आधारमा गठन गरिएको पहिलो राज्य थियो ।

सन् १९३८ : स्विट्जरल्यान्डमा ‘नेसक्यापे’ नामक कम्पनी सार्वजनिक भयो, जसले विश्वमा पहिलोपटक सहजै पानीमा घुल्ने कफी पाउडरको बिक्री सुरु गर्यो ।

सन् १९४६ : ब्रिटिस शासकले नौवटा मलेयबहुल राज्यलाई मिलाएर ‘मलेयान युनियन’ घोषणा गर्यो । संघबाट यसै क्षेत्रको सिंगापुरलाई भने अलग 
राखिएको थियो ।

सन् १९४८ : ‘फिजिकल रिभ्यु’ नामक म्यागजिनमा ‘द ओरिजिन अफ केमिकल एलिमेन्ट’ नामक आलेख प्रकाशित गर्दै अमेरिकन खगोलशास्त्री राल्फ अल्फर, हान्स बेथ र जर्ज गामोहरूले बिग ब्याङ (महाविस्फोटन) सिद्धान्त प्रस्तुत गरे ।

सन् १९६४ : ब्राजिलका जनरल क्यास्टेलो ब्रान्कोले राष्ट्रपतजोआओ गुलार्टलाई अपदस्थ गरेर २१ वर्ष लामो सैन्य शासनको जग हाले ।

सन् १९७६ : दुई अमेरिकी युवा स्टिभ जब्स र स्टिभ ओजनिकले कुपरटिनोस्थित जब्सको अभिभावकको ग्यारेजमा ‘एप्पल कम्प्युटर’को सुरुवात गरे ।

सन् १९७९ : इरानका राजा अपदस्थ भएपछगरिएको जनमतसंग्रहले सहमतजनाएसँगै देशलाई इस्लामिक गणतन्त्र घोषणा गरियो ।

सन् २००१ : नेदरल्यान्ड समलिंगी जोडीको विवाहलाई कानुनी मान्यता दिने विश्वको पहिलो मुलुक बन्यो । 

सुझावित समाचार