प्रहरी नियन्त्रणमा रहेका पूर्वप्रधानमन्त्री ओलीलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो

शनिबार, १४ चैत, २०८२
डिजिटल संस्करण
प्रहरी नियन्त्रणमा रहेका पूर्वप्रधानमन्त्री ओलीलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो

तस्बिर : संजित परियार/नयाँ पत्रिका

प्रहरी नियन्त्रणमा रहेका एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको छ । गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनमा दमन गरेको आरोपमा पक्राउ परेका पूर्वप्रधानमन्त्री ओलीलाई जिल्ला प्रहरी परिसर भद्रकालीमा राखिएको थियाे । केही समय त्यहाँ राखेर अहिले स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको छ ।

यसैगरी एमालेका महासचिव शंकर पोखरेलले अध्यक्ष ओलीलाई प्रहरीले नियन्त्रणमा लिएपछि पूर्वाग्रह र प्रतिशोधको राजनीति धेरै महँगो हुने चेतावनी दिएका छन् । उनले सरकारलाई जिम्मेबार बन्न र अबिलम्ब ओलीलाई रिहा गर्न माग समेत गरेका छन् । महासचिव पोखरेलले भनेका छन्, 'पूर्वाग्रह र प्रतिशोधको राजनीति धेरै महँगो हुन्छ। जिम्मेवार बन, अविलम्ब रिहा गर !'

ओली पक्राउ परेको घटनाबारे छलफल गर्न एमालेले सचिवालय बैठक बोलाएको छ । आज बिहान साढे ८ बजे पार्टी कार्यालय च्यासलमा सचिवालय बैठक बोलाइएको छ।

See More On

सुझावित समाचार