एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीलाई नियन्त्रणमा लिन प्रहरी टोली ओली निवास गुन्डु पुगेको छ । ओली निवासमा अहिले ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
जेन–जी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनसँगै सरकारले तत्कालीन राजनीतिक नेतृत्वलाई चाँडै नै कारबाहीको दायरामा ल्याउने गृहकार्य थालेको छ ।
बालेन शाह नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले आयोगको सिफारिस तत्काल लागू गर्ने निर्णय गरेसँगै पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकमाथि कारबाही प्रक्रिया अघि बढाएको हो ।