यस्ता छन् बालेन सरकारको पहिलो बैठकका चार निर्णय

शुक्रबार, १३ चैत, २०८२
डिजिटल संस्करण

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले पहिलो मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गरेको छ।

बैठकमा भदौ २३ र २४ मा भएको जेन–जी आन्दोलन तथा यसअघि भएका विभिन्न आन्दोलनमा ज्यान गुमाएका ज्ञात–अज्ञात सहिदहरूप्रति सम्मान र श्रद्धाञ्जली व्यक्त गर्ने निर्णय भएको छ।  त्यसैगरी, मन्त्रिपरिषद्ले नेपाल सरकारको प्रवक्ताका रूपमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीलाई तोक्ने निर्णय गरेको छ। साथै, शासकीय सुधारका एक सय कार्यसूची स्वीकृत गर्ने निर्णय पनि भएको छ, जसलाई भोलिसम्म सार्वजनिक गरिने भनिएको छ।

बैठकले भदौ २३ र २४ को प्रदर्शनका क्रममा भएका घटनाको छानबिन गर्न कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय पनि गरेको छ।

यस्ता छन् बैठकका निर्णय :

 १. सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्ने 

२. सरकारको प्रवक्तामा शिक्षामन्त्रीलाई तोक्ने

३. शासनकीय सुधारका लागि १०० वटा कार्य स्वीकृत

४. जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने

सुझावित समाचार