टिभिएस ग्रेट ग्रान्ड एक्सचेन्ज एन्ड फाइनान्स कार्निभल सुरु

बिहिबार, १२ चैत, २०८२
डिजिटल संस्करण

 टिभिएको आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस ग्रेट ग्रान्ड एक्सचेन्ज एन्ड फाइनान्स कार्निभल’ सुरु गरेको छ । कम्पनीले ११ चैतदेखि उक्त कार्निभल सुरु गरेको हो । कार्यक्रमको उद्घाटन जगदम्बा मोटर्सका अध्यक्ष साहिल अग्रवाल तथा कार्यकारी निर्देशक अखिल गुप्ताको उपस्थितिमा भएको हो । टिभिएस मोटर कम्पनीका कन्ट्री हेड अश्विन श्रीनिवासन, ब्रान्ड एम्बेसडर प्रदीप खड्का, राष्ट्रिय क्रिकेट खेलाडी कुशल भुर्तेल तथा विभिन्न इन्फ्लुएन्सरहरूको पनि उपस्थिति थियो । 
कार्यक्रममा ग्राहकले टिभिएसका दुईपांग्रे सवारीसाधन अवलोकन गर्नुका साथै टेस्ट राइडमा सहभागी भएका थिए । 

ग्राहकलाई तुरुन्तै एक्सचेन्ज मूल्यांकन तथा फाइनान्स योजना सम्बन्धी सहयोग प्रदान गर्न विशेष परामर्श काउन्टरहरू पनि स्थापना गरिएको बताइएको छ । पहिलो दिनमै पाँच सयभन्दा बढी उपस्थिति रहेको कम्पनीले जनाएको छ । कार्निभलमा आठ हजारसम्मको भ्यालु एड, सात हजार नगद छुट, ३७१० बाट किस्ताबन्दी सुर, बाइक एक्सचेन्जजस्ता आकषर्ण छन् । ५० भन्दा बढी रिकन्डिसन्ड बाइक कम्पनीको सहभागिताका साथै तत्काल एक्सचेन्ज मूल्यांकन तथा फाइनान्स परामर्श सुविधा छ ।

See More On

सुझावित समाचार