सिटिजन्स बैंकले गर्‍यो ६२ कर्मचारीलाई दीर्घसेवा सम्मान

मंगलबार, ३ चैत, २०८२
डिजिटल संस्करण

 सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले दीर्घसेवा गर्ने ६२ जना कर्मचारीलाई सम्मान गरेको छ । बैंकले चैत १ लाई कर्मचारी दिवसका रूपमा मनाउँदै आएको छ । उन्नाइसौँ वर्ष पूरा गरी २०औँ  वर्षमा प्रवेश गर्न लागेको उपलक्ष्यमा बैंकले एकमहिने वार्षिक उत्सवसम्बन्धी कार्यक्रम आयोजना गरिरहेको छ । वैशाख ७ गते बैंकको वार्षिक उत्सवको दिन हो । 

०६४ अर्थात् १९ वर्षअघि वैशाख ७ गते ४३ जना कर्मचारीबाट बैंकले विधिवत् बैंकिङ सेवा सुरु गरेको थियो । यस अवधिमा बैंकले अनवरत १० वर्ष र १५ वर्ष सेवा प्रवाह गरेका कर्मचारीलाई दीर्घसेवा सम्मान गरेको हो । जसमा १० वर्ष सेवा प्रवाह गर्ने ४८ जना र १५ वर्ष सेवा गर्ने १४ जना छन् ।

बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रमबिच उनीहरूलाई सम्मान गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले ६२ जना कर्मचारीलाई प्रमाणपत्रसहित ‘दीर्घसेवा सम्मान’ पदक प्रदान गरे । बैंकमा हाल १७ सय ६४ कर्मचारी कार्यरत छन् । 

सुझावित समाचार