नेपाली कांग्रेसका युवा नेता सचिन तिमल्सेनाले निर्वाचन खर्च विवरण बुझाएका छन्। काठमाडौं क्षेत्र नम्बर ४ बाट पराजित तिमल्सेनाले बिहीबार जिल्ला निर्वाचन कार्यालयमा खर्च विवरण बुझाएका हुन्।
उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको विवरणअनुसार कुल १९ लाख ४६ हजार ५२१ रुपैयाँ खर्च गरेका छन्। सबैभन्दा धेरै खर्च सम्पर्क कार्यालय व्यवस्थापनमा गरेको देखिएको छ। सो शीर्षकमा उनले चार लाख ५० हजार खर्च गरेका छन्।
