जिल्ला कारागार कार्यालय रामेछापमा मतदान सकिएको छ । बिहान सात बजेबाट सुरु भएको मतदान नाै बजेअगाडि नै सकिएको हो । कारागार कार्यालय रामेछापमा ३८ जना कैदीबन्दी र दुईजना कर्मचारी गरी ४० जना मतदाताले मतदान गरेका हुन् ।
मतदान सकिएकाले साँझ पाँच बजेसम्म बस्ने कि मतपत्र लिएर सदरमुकाममा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा लैजाने भन्ने विषयमा प्रशासनसँग सोधेर सोहीअनुसार निर्णय लिने कारागार मतदान केन्द्रका निर्वाचन अधिकृत अरुण तिम्सिनाले जानकारी दिए ।
रामेछापका अधिकांश मतदानस्थलमा अहिले शान्तिपूर्वक मतदान भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतदानस्थलसम्म अशक्त, ज्येष्ठ नागरिकहरूलाई आवतजावतमा सहजताका लागि सवारीसाधनमा ल्याउन दिएपछि सहजता मिलेको छ । अहिले सबै मतदानस्थलहरूमा उत्साहपूर्वक मतदान भइरहेको छ ।