प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभाको निर्वाचनअन्तर्गत मतदान गरेकी छिन् ।
बिहीबार उनले काठमाडौं क्षेत्र नम्बर ५ धापासीबाट मतदान गरेकी हुन् । गत भदौ २३ र २४ को जेन–जी विद्रोहपछि विषम परिस्थितिमा प्रधानमन्त्री बनेकी कार्कीे नयाँ नेतृत्व चयन भएपछि जिम्मेवारीबाट स्वतः हट्ने प्रावधान छ ।