सर्वोच्च अदालतले लिखित जवाफसहित दुर्गा प्रसाईंलाई अदालतमा पेस गर्न आदेश दिएको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरसमेतलाई विपक्षी बनाई दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिटमा न्यायाधीश कुमार रेग्मीको इजलासले यस्तो आदेश जारी गरेको हो।
‘यसमा के कसो भएको हो? निवेदकको मागबमोजिमको आदेश किन जारी हुनुनपर्ने हो? मागबमोजिमको आदेश जारी हुनुनपर्ने कुनै आधार र कारण भए सबुद प्रमाण तथा अनुसन्धानको सक्कल मिसिलसहित म्याद सूचना पाएको मितिले बाटोको म्यादबाहेक २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गरी बन्दीसहित उपस्थित हुनु,’ आदेशमा भनिएको छ।
