नागरिक लगानी कोष र एक्सेल डेभलपमेन्ट बैंकबिच सम्झौता

सोमबार, १८ फागुन, २०८२
डिजिटल संस्करण

 नागरिक लगानी कोष र एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडबिच सम्झौता भएको छ । उपदान तथा अवकाश कोषको व्यवस्था एवं सञ्चालनसम्बन्धी सम्झौता भएको हो । सम्झौतामा आइतबार कोषका तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. इन्द्रकुमार कट्टेलले हस्ताक्षर गरेका हुन् ।

सम्झौतापछि बैंकमा कार्यरत कर्मचारीको अवकाशसम्बन्धी उपदान एवं अन्य रकमको व्यवस्था कोषले गर्ने भएको छ । हाल बैंकमा तीन सयजना कर्मचारी कार्यरत रहेका छन् भने आठ जिल्लामा बैंकले प्रदेशस्तरीय कार्यालयबाट सेवा प्रदान गर्दै आइरहेको छ ।

सुझावित समाचार