श्रीलंकासँग पराजित हुँदा अस्ट्रेलिया संकटमा

मंगलबार, ५ फागुन, २०८२
डिजिटल संस्करण

आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा सोमबार समूह ‘बी’को प्रतिस्पर्धामा पूर्वविजेता श्रीलंकाले अस्ट्रेलियामाथि आठ विकेटको सानदार जित निकालेको छ । श्रीलंकाको पालेकेलेमा भएको प्रतिस्पर्धामा पहिलो ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा सबै विकेट गुमाएर एक सय ८० रनको बलियो योगफल खडा गरेको थियो । प्रत्युत्तरमा श्रीलंकाले १८ ओभरमा दुई विकेटको नोक्सानीमा एक सय ८४ रन जोड्दै सानदार जित हात पार्यो । 

श्रीलंकाको जितमा पाथुम निसांकाले अविजित सय रनको योगदान दिएका थिए । उनले ५२ बलमा १० चौका र पाँच छक्का प्रहार गरी चालू विश्वकपमा पहिलो शतक लगाउन ब्याट्सम्यानको नाम लेखाए । यसैगरी, पवन रत्नायाकेले १५ बलमा ६ चौकाको सहयोगमा २८ रन जोडे । पवन र पाथुमबिच तेस्रो विकेटका लागि ३४ बलमा ७९ रनको साझेदारी गरेका थिए । 

समूह ‘बी’मा लगातार तीन जित निकालेको श्रीलंका सुपर एटमा पुगेको छ । हारले अस्ट्रेलियाको सुपर एटको यात्रा कठिन बनेको छ । यसअघि अस्ट्रेलिया जिम्बावेसँग पनि पराजित भएको थियो । अस्ट्रेलियाले तीन खेलमा दुई अंक जोडेको छ । जिम्बावेले दुई खेलबाट चार अंक जोडेको छ । अर्को खेलमा जिम्बावेले जित निकाल्दा अस्ट्रेलिया प्रतियोगिताबाट बाहिरिनेछ ।

सुझावित समाचार