चुनबाङको भेरीडाँडा पुगे प्रचण्ड

शनिबार, २ फागुन, २०८२
डिजिटल संस्करण

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ तत्कालीन नेकपा (माओवादी)को ऐतिहासिक बैठकस्थल चुनबाङको भेरीडाँडा पुगेका छन्। प्रतिनिधिसभा सदस्यका लागि रुकुम पूर्वका उम्मेदवार प्रचण्डले मतदाता भेटघाटको क्रममा शनिबार बिहान माओवादीको केन्द्रीय समितिको बैठकस्थलको भ्रमण गरेका हुन्।

 २०६२ को असोजमा माओवादीको केन्द्रीय समितिको बैठक चुनबाङमा बसेको थियो। उक्त बैठकले लोकतान्त्रिक गणतन्त्रको प्रस्ताव पारित गरेर संसदवादी राजनीतिक दलसँग सहकार्यको बाटो खोलेको थियो। माओवादीको ९५ सदस्यीय केन्द्रीय समितिलाई ३५ जनामा झारेको थियो। त्यो बैठकलाई ऐतिहासिक मानिन्छ। 

संयोजक प्रचण्डले चुनबाङ बैठकस्थल, आफू र पत्नी सीता बसेको कोठा, छोरा प्रकाश दाहाल र अन्य नेताहरू बसेको घर र कोठाको अवलोकन गरे। आफ्ना पत्नी र छोराका बारेमा राखिएका जिज्ञासामा भावुक भएका प्रचण्डले नेपाली क्रान्तिमा उनीहरूको योगदान रहेको संक्षिप्त प्रतिक्रिया दिए।

 मतदाता भेटघाट र बैठक स्थलको भ्रमणको क्रममा चुनबाङ बैठकले जनयुद्धलाई लोकतान्त्रिक गणतन्त्रमार्फत शान्तितर्फ डोर्याएको उनले रुकुम क्रान्तिको सुरुवात र गणतन्त्रमार्फत शान्ति स्थापना गर्ने जिल्ला रहेको बताए। तीन दिनदेखि रुकुम पूर्वमा रहेका प्रचण्डले चुनबाङको गैरीगाउँमा मतदाता भेटघाट गर्नेछन्। प्रचण्डले आजै  पुथा उत्तर गाउँपालिकाको तकसेरा पुगेर मतदातासँग भेट गर्नेछन्। 

See More On

सुझावित समाचार