फेवातालमा कार खस्दा एकजनाको मृत्यु

शनिबार, २ फागुन, २०८२
डिजिटल संस्करण

कास्कीको पोखरा महानगरपालिका–६, पामेस्थित गैह्राको चौतारानजिक फेवातालमा कार खस्दा एकजनाको मृत्यु भएको छ । अहिले खसेको कारलाई बाहिर निकालिएको छ ।

बिएए १५८२ नम्बरको कार शनिबार राति गति अनियन्त्रित भई तालमा खसेको थियो। दुर्घटनमा परेर स्याङ्जाको फेदीखोला गाउँपालिका–५ स्थायी घर भई हाल पोखरा महानगरपालिका–७, मासबार बस्ने २४ वर्षीय अदित गुरुङलाई सशस्त्र प्रहरी नेपालको गोताखोर टोलीले अचेत अवस्थामा उद्धार गरेको छ । उद्धारपश्चात् उनलाई उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा पठाइएकोमा शनिबार राति नै उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए।

दुर्घटनालगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट गोताखोरसहितको टोली उद्धार कार्यमा खटिएको थियो। उक्त तालमा खसेको कार क्रेनको सहयताले बाहिर निकालिएको डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। 
 

See More On

सुझावित समाचार