साताभरमा प्रतितोला तीन हजारले बढ्यो सुन

शनिबार, २ फागुन, २०८२
डिजिटल संस्करण

यस साता सुनको भाउ प्रतितोला तीन हजार रुपैयाँले बढेको छ । साताको पहिलो दिन आइतबार सुनको मूल्य प्रतितोला तीन लाख पाँच सय रुपैयाँ रहेकोमा शुक्रबार प्रतितोला तीन लाख तीन हजार पाँच सय कायम भएको छ ।

त्यस्तै, यो साता चाँदीको मूल्य भने सामान्य घटेको छ । साताको पहिलो दिन आइतबार प्रतितोला पाँच हजार १० रुपैयाँ कायम रहेकोमा शुक्रबार प्रतितोला पाँच हजार कायम रह्यो ।

समग्रमा साताभर चाँदी प्रतितोला १० रुपैयाँ घटेको हो । अमेरिकी फेडेरल बैंकमा नयाँ गर्भनर नियुक्त हुनु, नाफा बुक गर्न सुन बेच्नु, भूराजनीतिक तनाव मत्थरको प्रयास हुनुलगायत कारणले अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको भाउमा उतारचढाव हुन पुगेको विश्लेषकको भनाइ छ । यसैको प्रभाव नेपाली बजारमा देखिएको हो ।
 

See More On

सुझावित समाचार