कामना सेवा विकास बैंकले काठमाडौं, वसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टरसँग सेवा शुल्क छुटसम्बन्धी सम्झौता गरेको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट काठमाडौं क्षेत्र प्रमुख केदारनाथ शर्मा र कान्तिपुर डेन्टलका सञ्चालक डा. प्रतीक्षा श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
सम्झौताअन्तर्गत बैंकका कर्मचारी र ग्राहकले अस्पतालले प्रदान गर्ने विभिन्न सेवा–सुविधामा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकले बैंकसँगको आबद्धता भएको प्रमाणका आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिने बताइएको छ ।