नेकपाले सार्वजनिक गर्‍यो ‘प्रतिबद्धता-पत्र’

मंगलबार, २८ माघ, २०८२
डिजिटल संस्करण
नेकपाले सार्वजनिक गर्‍यो ‘प्रतिबद्धता-पत्र’

तस्बिर : संजित परियार/नयाँ पत्रिका

नेपाली कम्युनिस्ट पार्टीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि संक्षिप्त प्रतिबद्धता-पत्र सार्वजनिक गरेको छ।

पेरिसडाँडामा मंगलबार विशेष कार्यक्रमबिच पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनका पार्टीको संक्षिप्त प्रतिबद्धता सार्वजनिक गरेका हुन्। 

प्रतिबद्धता-पत्रमा ‘भाषिक विभेदको अन्त्य गरौँ, सयौँ फूलहरू फुल्न दिऔँ’, ‘आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकास, स्थानीय तह र समुदायबाटै समाजवादको अभ्यास’, ‘नेपाली विशेषताको समाजवाद सामाजिक क्रान्तिको मूल बाटो’लगायतका विषय समावेश गरिएको छ।

विशेषगरी, आयात–व्यापार तथा उपभोगमुखी अर्थतन्त्रबाट उत्पादनमुखी, आत्मनिर्भर तथा समावेशी मोडलमा ‘सिफ्ट’ गर्ने विषयलाई प्रतिबद्धता पत्रले जोड दिए नेकपाको दाबी छ। प्रतिबद्धता-पत्रले विगतका नीतिहरूको असफलता विश्लेषण गर्दै नयाँ सुधारको ऐतिहासिक आवश्यकतालाई औँल्याएको छ।

सुझावित समाचार