विश्वव्यापी इलेक्ट्रोनिक्स ब्रान्ड टिसिएलले अत्याधुनिक एस–५के क्युलेड टिभी सार्वजनिक गरेको छ । कम्पनीले ३२ र ४३ इन्च आकारमा यी उक्त मोडेलका टिभी सार्वजनिक गरेको हो । यो टिभीले क्युलेड प्रविधिको ज्वलन्त दृश्यानुभूति, एचभिए प्यानलको गहिरो कन्ट्रास्ट, डल्बी साउन्ड र गुगल टिभीको बुद्धिमान सुविधालाई एउटै ठाउँमा समेटेको बताइएको छ ।
कम्पनीका अनुसार टिसिएल एस–५के क्युलेड गुगल टिभीले विशेष गरी प्रिमियम मनोरञ्जन चाहने युवापुस्ता, डिजिटल सामग्री र चलचित्र मन पर्ने परिवारलाई र स्मुथ गेमिङ अनुभव चाहने गेमरलाई लक्षित गरेको छ ।
यो टिभीमा क्वान्टम डट प्रविधिले प्राकृतिक र जीवन्त रङ, भएको, एचभिए प्यानलले तीन गुण बढी कन्ट्रास्ट र १७८ डिग्रीभन्दा बढीको दृश्यकोण प्रदान गर्ने बताइएको छ । साथै, डल्बी अडियोको २.० च्यानल स्पिकर सिस्टमले थिएटरस्तरको ध्वनि अनुभूति दिने कम्पनीको दाबी छ ।
अन्य सुविधामा स्टाइलिस मेटालिक डिजाइन, पूर्ण कनेक्टिभिटी र द्रुत प्रदर्शन रहेका छन् । ग्राहकले यस टिभीमा गुगल सहयोगीमार्फत भ्वाइस नियन्त्रण, हजारौँ एप्सको पहुँच र द्रुत गेमिङ अनुभवका लागि गेम मोड सुविधा पाउनेछन् । यसलाई नेपालमा सिजी इलेक्ट्रोनिक्सले बिक्री–वितरण गर्दै आएको छ ।