सन् १७८९ : अमेरिकामा पहिलो इलेक्ट्रोल कलेज बैठकले जर्ज वासिंटनलाई राष्ट्रपति र जोन एडम्सलाई उपराष्ट्रपति चुन्यो । जर्ज वासिंटनले सर्वसम्मत ६९ मत पाएका थिए भने जोन एडम्सले ३४ मत पाए ।
सन् ११९४ : तेस्रो क्रुसेडमा सहभागी भएर फर्किंदै गर्दा रोमन सम्राट्ले कब्जामा परेका इंग्ल्यान्डका राजा रिचर्ड प्रथमलाई मुक्त गर्न यसै दिन हजार पाउन्ड अर्थात् ३५ टन चाँदी तिरियो ।
सन् १७९४ : फ्रान्सेली क्रान्तिपछि बनेको संसद् ‘नेसनल कन्भेन्सन’ले आफ्नो शासन रहेको सबै भूमिमा दासप्रथा उन्मूलन गर्यो ।
सन् १८६१ : संयुक्त राज्य अमेरिकाबाट अलग भएका ६ राज्यका प्रतिनिधिको मोन्ट्गोमेरीमा पहिलो भेला सुरु भयो । त्यही भेलाले पाँच दिनपछि जेफर्सन डेभिसलाई कन्फडेरेट स्टेट्स अफ अमेरिकाको राष्ट्रपति चुन्यो ।
सन् १९४५ : नाजी जर्मनी हार्ने निश्चित हुँदै गएपछि युद्ध अन्त्यपछिको युरोपको मार्गचित्र तय गर्न अमेरिकी राष्ट्रपति फ्यांकलिन डी रुजबेल्ट, ब्रिटिस प्रधानमन्त्री विस्टन चर्चिल र सोभियत नेता जोसेफ स्टालिनबिच याल्टा सम्मेलन सुरु भयो ।
सन् २००४ : मार्क जुकरबर्गले हार्वर्ड विश्वविद्यालयको उनको होस्टल कोठाबाट फेसबुक सार्वजनिक गरे ।