फागुन पहिलो साता घोषणापत्र : एमाले महासचिव

शनिबार, १८ माघ, २०८२
डिजिटल संस्करण

एमाले महासचिव शंकर पोखरेलले प्रतिनिधि सदस्य निर्वाचनका लागि फागुन पहिलो साता एमालेको चुनावी घोषणापत्र सार्वजनिक गर्ने बताएका छन् । एमाले उम्मेदवारहरू चुनावी घोषणापत्रसहित चुनावी मैदानमा जानेसमेत उनले बताए । 

प्रेस चौतारीद्वारा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा पोखरेलले चुनावी घोषणापत्र लेखनको काम भइरहेको बताए । ‘उम्मेदवारी दर्तापछि आयोगले प्रचारको समय पछाडि मात्रै दिएको छ, अहिले आचारसंहिताका कारण चुनावी प्रचारप्रसार सुरु भएको छैन । हाम्रा उम्मेदवारहरू घोषणापत्र लिएर चुनावी मैदानमा जानेछन्,’ उनले भने ।

अर्को सन्दर्भमा पोखरेलले नेपाललाई भूराजनीतिक द्वन्द्वको क्रीडास्थल बनाउन खोजिएको आरोप लगाए । तर, कसले क्रीडास्थल बनाउन खोजेको भन्नेबारे उनले खुलाएनन् । ‘संविधान घाइते भएको छ, लोकतन्त्र कमजोर भएको छ, नेपाललाई भूराजनीतिक द्वन्द्वको क्रीडास्थल बनाउने षड्यन्त्र हुँदै छ । अहिले विदेशीको कठपुतली सरकार निर्माण भएको छ,’ पोखरेलले भने, ‘भविष्यमा पनि त्यसलाई निरन्तरता दिनका लागि जेलेन्स्की जन्माउने योजनाको साथ अभियान सुरु भएको छ ।’

सुझावित समाचार