ग्लोबल आइएमईमा किओस्क मेसिनबाटै खाता खोल्ने सुविधा

शुक्रबार, १७ माघ, २०८२
डिजिटल संस्करण

ग्लोबल आइएमई बैंक लिमिटेडले किओस्क मेसिनबाट खाता खोल्न सक्ने सुविधा सार्वजनिक गरेको छ । बैंकले आफ्नो १९औँ वार्षिकोत्सवको अवसर पारेर किओस्क मेसिनबाटै खाता खोल्न सकिने सुविधा ल्याएको हो । 

ग्राहकले बैंकको काठमाडौंको कमलादीस्थित शाखा कार्यालयमा रहेको किओस्क मेसिनबाटै सहज रूपमा आफ्नो बैंक खाता खोल्न सक्नेछन् । यसरी खाता खोल्ने क्रममा सम्पूर्ण विवरण किओस्क मेसिनमार्फत प्रदान गर्नुपर्नेछ । त्यसपछि आवश्यक कागजात प्रविष्ट गरी खाता नम्बर उपलब्ध गराइनेछ । हालका लागि यो सेवा बैंकको कमलादीमा रहेको डिजिटल युनिभर्सबाट मात्र उपलब्ध रहेको छ । 

यसअघि बैंकले कमलादीस्थित शाखामा रहेको डिजिटल युनिभर्समार्फत मेसिनबाटै क्यास डिपोजिट र चेक डिपोजिटजस्ता सेवा उपलब्ध गराइरहेको थियो । 

बैंकले देशभरका तीन सय ५२ शाखा कार्यालय, तीन सय ८४ एटिएम, एक सय ५० शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयबाट सेवा प्रदान गर्दै आएको छ । 

सुझावित समाचार