स्टन्ट गर्नेहरूमाथि विदेशी शक्तिको ठुलो लगानी छ : प्रचण्ड

मंगलबार, १४ माघ, २०८२
डिजिटल संस्करण

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले स्टन्ट गरेर ‘पपुलर’ भएकाहरुमाथि विदेशी शक्तिले लगानी गरेको दाबी गरेका छन्।

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्। विचार, सिद्धान्त र त्याग, तपस्या, बलिदानलाई सम्मान गर्ने भन्दा स्टन्ट गरेर पपुलर बन्ने होड चलेको उनको भनाइ छ।

‘अहिले देशमा विचार, सिद्धान्त, राजनीति, त्याग, तपस्या, बलिदानलाई सम्मान गर्ने, त्यसको कदर गर्ने, त्यसको आधारमा समाज निर्माणका निम्ति भ्रष्टाचारविरुद्ध अभियान चलाउने, सामाजिक विभेदका विरुद्ध सामाजिक न्यायको पक्षमा अभियान चलाउने र आर्थिक पछौटेपनविरुद्ध आर्थिक विकासका निम्ति अभियान चलाउने भन्दा पनि स्टन्ट गरेकै भरमा पपुलर हुने र त्यस्तालाई नै प्रमोट गर्न देशी विदेशी शक्तिहरुले ठूलो लगानी गरेको तपाइँ हामीले देखेका छौँ,’ उनले भने।

See More On

सुझावित समाचार